कर नीति र बालिका शिक्षामा केन्द्रित हुँदै इडिसी

Sova bhual doti news

डोटी । देश संघीयतामा गएको बेला गाउँगाउँमा कर नीतिसम्बन्धी बहस चल्न थालेको छ । विभिन्न संघ संस्था र सरकारी निकायले पनि तल्लो स्तरसम्म कर नीतिसम्बन्धी जनचेतना जगाउन थालेपछि जनतालाई कर तिर्न प्ररणा जाग्न थालेको छ ।

सम बिकास केन्द्र (इडिसी) ले दुई वर्षदेखि गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि करसम्बन्धि स्थानीयस्तरमा छलफल र सचेतना अभिवृद्धि गर्दै आएको छ । इडिसीले राज्यलाई जवाफदेही बनाउन प्रगतिशिल कर नीति लागु गर्नु पर्ने वहशलाई गाउ, नगर र जिल्ला स्तरमा सचेतना अभिवृद्धि गर्दै आएको छ ।

इडिसीले २० विद्यालयका पदाधिकारी, सदस्य, अभिभावक, शिक्षक, बालबालिका, युवा, विषयगत सरकारी निकायका प्रतिनिधिसहित ४ सय १४ जनालाई करसम्बन्धि तालिम दिइसकेको छ । साथै करसम्बन्धी जनचेतन जगाउनका लागि सडक नाटक, अन्तरक्रिया र हस्ताक्षर अभियान सञ्चालन पनि गरिरहेको छ ।

स्थानीय स्तरमा जनतालाई करसम्बन्धी जानकारी दिन होडिङ बोर्ड राख्ने, सामाजिक संजालमार्फत नागरिकहरुलाई न्यायपूर्ण कर लागू गर्न राज्यलाई खबरदारी गर्ने, सकारात्मक हस्तक्षेप निगरानी बढाउने, नागरिकलाई सार्बजनिक गुणस्तरीय सेवाहरु दिनुपर्ने, कर संकलन र परिचालनको पारदर्शिता र राज्यको जवाफदेहीता हुनुपर्ने लगायतका सन्देश दिइरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको गैरसरकारी संस्था एक्सनएड नेपालको सहयोगमा इडिसीले सार्वजनिक शिक्षाको गुणस्तर प्रवद्र्धन गर्न राज्यले शिक्षामा लगानी बृद्धि गर्नुपर्ने, संविधानअनुसार निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई अक्षरस कार्यान्वयन गर्नुपर्ने लगायतका सेवाहरुलाई गुणस्तर बनाउन र राज्यलाई जवाफदेही बनाउन प्रगतिशिल कर नीति लागु गर्नु पर्ने वहशलाई गाउँ, नगर र जिल्ला स्तरमा सचेतना अभिवृद्धि गर्दै आएको इडिसीका अध्यक्ष केशव परियारले बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासेले नगरपालिकाकोकर राज्यको राजश्वको दिर्घकालीन र भरपर्दा स्रोत भएकाले राज्यले करलाई चुस्तदुस्त बनाउने र आम नागरिकलाई कर तिर्ने वातावरण सहज बनाउनुपर्ने समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउँछिन् ।

उनले नगरपालिकाको स्रोत अभिवृद्धि विना विकास र समृद्धि असम्भव भएकाले स्थानीय स्रोतको पहिचान गर्न कर प्रणालीलाई प्रभावकारी बनाउन नगरवासी तथा सरोकारवालासँग सहकार्य बढाउने प्रतिबद्धता जनाइन् ।

इडिसीले कर शक्ति, अभियानको प्रभावकारीताका लागि २०७२ देखि निरन्तर रुपमा कर शक्तिका सम्बन्धमा सामुदायिक सचेतना, बहस तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । यसैक्रममा यही यही साउनको ६ र ७ मा दिपायल सिलगढी वडा नं. ५ स्थित युवा संजाल तथा ५ वटा विद्यालयका शिक्षा सरोकार समुहका पदाधिकारी र सदस्यहरुलाई कर शक्तिसम्बन्धी तालिमको आयोजना गरेको थियो ।

दुई दिने तालिममा सहभागीहरुले राज्यका स्थानीय तहका संचरनाहरु निर्माण भएको र स्थानीय तहको बिकास र समृद्धिका लागि करको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय विकास निर्माणका लागि पनि निवार्चित जनप्रतिनिधिहरुले कर नीतिलाई प्रभावकारी र प्रगतिशिल बनाउन युवाहरुले गाउँ, वडा र नगरमा छलफल तथा संवाद कार्य गर्ने योजनासमेत बनाएका छन् ।

बालिका शिक्षा प्रवद्र्धनमा प्रयास
सार्वजनिक शिक्षाको गुणस्तर प्रवद्र्धन तथा शिक्षामा लैंंगिक समता कायम गर्न शिक्षामा बालिकाहरुको पहुँच सुनिश्चितता गर्न सार्वजनिक विद्यालयको सुधारका लागि ३ वर्षदेखि गुणस्तरीय शिक्षा परियोजना सञ्चालन गर्दै आएको छ ।

इडिसीले सार्वजनिक विद्यालयको गुणस्तर तथा सिकाई उपलिब्ध खस्किँदै गइरहेको बेला सार्वजनिक विद्यालयमा बालमैत्री तथा बाल केन्द्रीत शिक्षण सिकाई प्रक्रियाको अवलम्बन गरी बालिका शिक्षाको सुधार गर्न शिक्षक, अभिभावकहरुको क्षमता अभिवृद्धि, सामुदायिक सचेतना, सामाजिक परिचालन, स्थानीय स्तरमा बहस पैरवीमुलक अभियानहरु संचालन गर्दै आएको छ गुणस्तरीय शिक्षा परियोजना कार्यक्रम संयोजक अधिराज विसीले बताए ।

इडिसीले विभिन्न संघ संस्थाको सहयोगमा बालिका शिक्षा तथा लैंगिक सम बिकास संजालको आयोजना एवं जिल्ला शिक्षा कार्यालयको अगुवाई र जिल्ला बालकल्याण समितिको ऐक्यबद्धता तथा विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा ‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ भन्ने मुल नारासहित जिल्लामा बालिका शिक्षा सम्मेलन विभिन्न कार्यक्रमका साथ साप्ताहिक रुपमा मनाएको छ ।

भदौं २२ देखि प्रारम्भ भएको सो सम्मेलनमा बालबालिकाहरुको हाजिरी जवाफ प्रतियोगीता, सांस्कृतिक कार्यक्रम, ¥याली, सडक नाटक, कार्यशाला, निबन्ध प्रतियोगितालगायत मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने इडिसीका अध्यक्ष परियारले बताए । बालिका शिक्षा प्रवद्र्धन गर्न बालबालिका तथा महिला शिक्षकलगायत अन्य सरोकारवालाहरुको सहभागीतामा कार्यशाला गरी बालिका शिक्षा प्रवद्र्धन गर्न ठोस रणनीतिक योजना तयार गरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...