थारु समुदायको महान पर्व जितिया धुमधाम साथ मनाइँदै

Tharunk jitiya parba 2

काठमाडौँ । थारू समुदायको महान् पर्व ‘जितिया’ धुमधामका साथ मनाइदै छ । महिलाहरू आआफ्ना सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको पर्व मनाउदै आएको पाइएको छ ।

विशेषगरी जितिया पर्व नेपालको तराईमा मनाइन्छ। सीमावर्ती भारतका बिहार, उत्तर प्रदेश, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेशमा पनि यो पर्व मनाइन्छ। यस समुदायका सधवा तथा विधवा महिला आआफ्नै व्यवहार चलनचल्तीअनुसार श्रद्धा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन्।

सूर्यले जितुवालाई आशीर्वाद दिए अबदेखि लोकका कुनै पनि विवाहिता महिलाले नियम, निष्ठा तथा श्रद्धा भक्तिपूर्पक जितमहानको पूजा अर्थात् जितिया व्रत गरेमा सन्तति दीर्घायु हुने विश्वास रहेको छ ।

महिलाले छोडेका पूजा साम्राज्ञीहरूबाट चील र स्यालले पनि नदीमा नुहाई व्रत लिएछन्। त्यस रात दर पनि खाएछन्। अष्टमी तिथिमा महिलाले घाटमा गई विधिपूर्वक जितमहानको पूजाआजा गरेपछि जितिया कथा श्रवण गरी व्रत सम्पन्न गरिन्छ ।

जितिया पर्वलाई भाइबहिनीबीचको स्नेहपूर्ण मिलन पर्वको रूपमा पनि मनाइन्छ। आफन्त, कुटुम्ब र नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने एउटा पवित्र पर्व पनि हो। अर्को कुरा, संसारमा सिर्जना भएका वा जन्म लिएका सबै जीवनको बीचमा सम्बन्ध जोडिएको हुन्छ र कुनै एकको विनाश भएमा त्यसको असर सबैलाई पर्छ भने सन्देश जितियाले दिन्छ।

कथाको अर्को पक्ष हो, यो जगत्मा सबैसँग मिलेर बस्नुपर्छ र सबै वनस्पति र प्राणीको सम्मान गर्नुपर्छ।
अझ महत्ववपूर्ण कुरा, कसैले पनि केही कुरामा घमण्ड गर्नु हुँदैन किनकि यस संसारमा वीरभन्दा पनि वीर छन्। जितिया पर्वको पौराणिक कालमा जति महत्व साथ जितिया पर्व मनाइदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...