विद्युत् बक्यौता १६ करोड पुग्यो

16 karod

पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता १६ करोड २ हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको १ लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको १० हजार र अन्य सरकारी कार्यालयको ३ लाख ६८ हजार रहेको छ । कार्यालयले आव २०७३÷७४ मा विद्युत् महशुल १ अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले २ करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४ सय पुगेको छ ।

प्रतिकृया दिनुहोस