मुस्लिम धर्मावलम्बीहरुले भव्य रुपमा मनाए बकर इद्

Bakar id

काठमाडौं । मुस्लिम समुदायको महान चाड ईदुल अज्हा ( बक्र ईद ) आज भव्य रुपमा मनाएकाछन् । ईद आज देखि शुरु भएको हो ।

तीन दिनसम्म मनाईने यो पर्वको पहिलो दिन अहिले इस्लाम धर्मावलम्बीले ईदगाह तथा मस्जिदमा भेला भएर अल्लाहको प्राथना गर्दछन् ।

मुस्लिम राष्ट्रिय संघर्ष गठबन्धनका अध्यक्ष तथा एमाले सल्लाहकार परिषद्का सदस्य समिम अन्सारीले इस्लाम पात्रो अनुसार हिजरी संवतको जिलहिज्जा महिनाको दशौ दिन यो पर्व भव्यताकासाथ मनाईने बताए।

यो दिन मुख्य गरेर बिहानै नुहाईधुवाई चोखो भएर खुला स्थान वा मस्जिदमा गई नमाज पढ्ने र लगत्ते अँगालोमा बाधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरीन्छ । युवा समाज सेवीका रुपमासमेत परिचित अन्सारीले मस्जिदमा नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा चौपायाको बलि अर्थात कुर्वानी दिने परम्परा रहेको बताए ।

बलि दिएको मासुलाई तीन भाग लगाई गरिबहरुकालागि आफन्तका लागि र घर परिवारका लागि भनेर भाग लगाउने गरीन्छ ।

घण्टाघरस्थित मस्जिदमा पनि आज मुस्लिम धर्मावलम्बीहरुको भीड लागेको थियो । हरेक बर्ष साउदी अरबमा रहेका मक्कामा हज गरेको भोलि पल्ट यो पर्व मनाईन्छ ।

यो दिन इस्लाम धर्मावलम्बीले परमपरागत पोशाक लगाउने र शुभकामना साटासाट गरी मिठो परिकार खाने चलन छ । बकर ईदको अवसरमा सरकारलेसमेत आईतबार बिदा दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस