‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण,

भ्रमण आर्थिक मुद्दामा केन्द्रित हुने जानकारी

Theres me

टोकियो । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरे । उनले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गरेको बताइएको छ ।

उनी बुधबार ओसाका आइपुगेका छन् । उनी यसपछि मात्र जापानको राजधानी टोकियो पुग्ने कार्यक्रम रहेको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुगेको बताएको छ ।

३ दिने भ्रमणका क्रममा बुधबार ओसाका पुगेका छन् । उनी ३ दिनसम्म नै यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुनुहुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उनले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र यहाँका सम्राट अकिहितोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।

बेलायतमा १ हजार भन्दा बढी कम्पनीले उत्पादनको काम गरिरहेका छन् । त्यसैगरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् ।

यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा गरिने तथा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् ।

जापानका प्रधानमन्त्री आबेले यसैबर्ष जापानको भ्रमण गरेका थिए । उनले जापान र बेलायतका ब्यापारको परिमाणलाई बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि सो भ्रमणका क्रममा कुराकानी गरे ।

उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरु गरे । । उनले जापान पुगेपछि दिएको प्रतिक्रियामा उत्तर कोरियाको सो कार्य निन्दनीय छ ।

उनले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापहरुका बिरुद्धमा जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।

बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा उनले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...