यसरी भए डोकलामबाट भारतीय सेना फिर्ता

Ina

भारत । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।

महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ ।

भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो ।

तर चीनले डोकलाम चिनियाँ भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक स्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितकाबारेमा छलफल गरेका छौँ ।

यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।’

चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको छ ।

सीमा विवादलाई लिएर गत जुन १६ देखि भारत र चीनबीचको सम्वन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...