सगरमाथा आरोहण गर्ने दलित युवालाई सम्मान

Dalit sagarmatha

काठमाडौं । सगरमाथामा पाइला टेक्ने दलित समुदायका दुई जनालाई सम्मान तथा अभिनन्दन गरिएको छ ।

दलित समुदायका तर्फबाट पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दासलाई रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मान तथा अभिनन्दन गरिएको हो ।

विजय घिमिरे विश्वकर्माले यही जेठ ८ गते विहान ४ बजेर ५ मिनेट जादा र प्रकाश सुन्दासले सोही दिन ९ बजेर ३० मिनेट जादा सगरमाथाको सफल आरोहण गरेका थिए ।

सो सम्मान कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषी धमलाले दलित समुदायबाट सगरमाथाको चुचुरोमा पुग्ने दुई जना साहसी दलित युवालाई दलितले मात्र होइन, राज्यले पनि सम्मान गर्नुपर्न बताए ।

राष्ट्रिय दलित आयोगका सदस्य मन्जित ताम्राकारले सगरमाथाको चुुचुरोमा पुगेर दुई जना दलित युवाले नेपालका दलित समुदायको शिर उच्च बनाएकोमा प्रशंसा गरे । उनले चाडै आयोग र अन्य दलित संघसंस्था मिलेर नागरिक अभिनन्दन गर्ने जानकारी दिए ।

दलित नागरिक समाजका अगुवा पदम सुन्दासको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा, परियार सेवा समाजका अध्यक्ष बलबहादुर परियार, प्रथम सगरमाथा आरोहण अभियानका संयोजक मोहन विश्वकर्मा लगायतले लामो समयपछि दलित समुदायका व्यक्तिले सगरमाथामा पुग्नु सिंगो समुदायका लागि खुसीको कुरा भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...