कार बम हमलामा १८ जनाको मृत्यु

Car bam

अफगानिस्तान, । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् । विस्फोटनका कारण सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि प्रभावित भएको श्रोतले सिन्ह्वालाई जानकारी दिएको छ ।

ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै विस्फोट भएको र सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला कार बम हमला भएको थियो । घटनामा परी कैयौँं स्थानीय बासिन्दा घाइते भएका छन् । घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी लिएको छैन । रमजानको तयारी भइरहेका बेला आक्रमण भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...