राष्ट्रियसभामा युवराज शर्मा र नारायण दाहालबीच भीडन्त रोचक, जीत गठबन्धनको निश्चित

Rastriya sava ummedwar

काठमाडौं । राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ र नयाँ अध्यक्षको निर्वाचनको मिति नजिकिँदै गर्दा रोचक बन्दै गएको छ ।

गठबन्धन हुँदा जित्ने निश्चित हुँदा नेपाली कांग्रेसले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा अध्यक्ष बनाउनेगरी कोशी प्रदेशबाट राष्ट्रिय सभामा विजयी बनाएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा माओवादी उम्मेदवारलाई असहयोग गरेपछिको राजनीतिक परिस्थितीले अर्काे मोड लिएपछि सिटौलाको सपना तुहिएको छ । अहिले नेकपा माओवादी, नेकपा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीबीच नयाँ गठबन्धन बनेपछि राष्ट्रिय सभामा गणितीय हिसावमा पूरै फेरबदल भएको छ ।

जित्ने परिस्थिती नबनेपछि सिटौला ब्याक हुँदा नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उठाउने भएको छ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको थियो । सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेको छ । गठबन्धन परिवर्तन भएपश्चात शर्मालाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो । आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको छ । उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको छ । राष्ट्रियसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...