राष्ट्रिय सभाका १९ जना सांसदले लिए शपथ

Sapath

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराइन् ।

आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भएका २० सांसदको बिदाइ भएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द छन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइ दिएकी थिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...