बुधबार पनि दोहोरो अंकले घट्यो शेयर, १ अर्ब ७३ करोडको कारोबार

Share market ghatyo

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो । यो ०.६६ प्रतिशतको गिरावट हो ।
बुधबार २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।

गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...