सेयर बजारमा फेरि आयो गिरावट, कारोबार पनि २ अर्बभन्दा कम

Share market ghatyo

काठमाडौं । सेयरबजारमा फेरि गिरावट आएको छ । मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा आइपुगेको हो । आज ४५ वटा कम्पनीको सेयर बढे पनि लगानीकर्ताले ६.१२ प्रतिशतसम्म मात्र आम्दानी गरेका छन् । १६२ कम्पनीको सेयर घटेको दिन ५.०७ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।

नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ । ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोडको सेयर किनबेच भएको हो । योसँगै २५५ कम्पनी खरिदबिक्रीमा सामेल भएको बजारमा १ अर्ब ७८ करोड ७० लाखको कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस