शर्माको बजेटमा पौडेलले लगाए कैची : साढे २ खर्बले घटाइयो बजेट (पूर्णपाठसहित)

Bishnu poudel

काठमाडौं । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ले ल्याएको बजेटमाथि वर्तमान अर्थमन्त्री विष्णु पौडेलले कैची लगाएका छन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।

तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् । पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको छ ।

अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको अर्थमन्त्री पौडेलले बताए । आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको उनले खुलाए । राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनले खुलाए ।

राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो । यद्यपी देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको देखिन्छ । चालू आवको ६ महिनामा धान उत्पादन ६।९४ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ भने मुद्रास्फीति ७।३ प्रतिशत रहेको छ । मुन्द्राप्रदाय ३।६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आव २०७९र८० को पहिलो ६ महिनामा २.८ प्रतिशतले कुल आन्तरिक कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कंकल गर्ने निक्षेमा ४.२ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान छ । आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने सुरुको लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...