प्रभु प्रकरण : न्याय किनबेचमै उत्रिए बैंकरहरु

राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीको नियत प्रष्टै

As bank

काठमाडाैं । प्रभु बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन कानूनलाई नै चुनौति दिएर तेस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त गर्न लागेका अशोक शेरचनको कर्तुत पखाल्न दूध जम्मा पार्ने र सिंगारपटार गर्ने कार्यमा बाँकी ६ वटा बैंक सञ्चालकहरु समेत लागि परेको खुलासा भएको छ ।

एउटै कित्तामा उभिएका उनीहरु शेरचनको नियुक्तिको नजिर स्थापित गर्न न्याय किनबेचका निमित्त समेत तयार भएको खुलासा भएको हो । ति बैंक सञ्चालकहरु अशोक शेरचन नामको छिद्र प्रयोग गर्दै आफुले इच्छाएका व्यक्तिलाई तेस्रो कार्यकालका लागि नियुक्ति दिने तरखरमा छन् । पूर्वदेखि बहालवाला न्यायाधिश, बहालवालामन्त्री, पूर्वप्रधानमन्त्री तथा भावी राष्ट्रपतिका मुख्य आकांक्षीसम्मलाई भेट गर्न दौडादौड छ, अहिले ।

राष्ट्र बैंकका पदाधिकारी त लगभग उनीहरुकै पक्षमा छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट समेत बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा २९ (३)ले नियुक्त गर्न मिल्ने बैंकरहरुको कुतर्कमा ताली बजाइरहेका छन् । यसबाट राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीको नियत प्रष्टै छ । धेरै कुरा भन्नै परेन ।

प्रभु अर्थात् भगवान भन्दामाथि कोही हुँदैनन् भन्ठानेरै प्रभुले तेस्रो कार्यकालका लागि नियुक्ति दिन सञ्चालक समितिबाट निर्णय नै गराइहाल्यो । र, दोस्रोमा तेस्रो कार्यकाल खाने हुटहुटी नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा अशोकलाई छ ।

उनी पनि दोस्रो कार्यकाल पूरा गरेर तेस्रो कार्यकाल खाने छिद्र खोजिरहेका थिए । र, प्रभुको निर्णयले यति बेला उनलाई पनि तातो लागेको छ ।

सम्मानित व्यक्तित्व हिमालय शमशेरद्वारा स्थापित संस्थाको गरिमा जोगाउने भन्दा पनि अशोकलाई कसरी तेस्रो कार्यकालको नियुक्ति लिने भन्ने चटारो छ । हिमालयन बैंकका सीईओ अहिले अशोक नै छन् ।

भरखरै बैंकअफ् काठमाडौं निल्ने(एक्विजिसन) ग्लोबल आइएमई बैंक, एनसीसी बैंक निलेको कुमारी र एवं प्रकारले मर्जर तथा एक्विजिसनको बहानामा ठूला भएका बैंकहरु सबैलाई तहरिने सीईओकै तनाव छ । उनीहरु त व्यवसायिक फाइदाका लागि जे पनि गर्न तयार हुने नै भए । तर, नियामकहरु पनि बिकेको राम्रो होइन ।

उच्च अदालत पाटनले अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई बोलाइरहँदा यि बैंकरहरु झुण्ड बाँधेर न्याय किनबेचको कसरतमा उत्रिनु कानूनी राज्यका लागि दुर्भाग्य भएको रिट निवेदकपक्षको भनाई छ ।

बहालवाला प्रहरी प्रमुखलाई समेत प्रभु बैंकका सञ्चालकले यो प्रकरणमा प्रयोग गरेको कुरा झन दुःखद् भएको रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ताहरुले बताएका छन् ।

प्रभु बैंकको सञ्चालक समितिले २०७९ माघ १२ गते शेरचनलाई तेस्रो कार्यकालका लागि नियुक्त गर्ने भनी गरेको निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।

हाल दोस्रो कार्यकाल पूरा गरि तेस्रो कार्यकालको नियुक्ति हात पार्ने दाउमा रहेका शेरचनसहित १७ विपक्षीविरद्ध अधिवक्ता अनिता थापा केसीले रिट हालेकी हुन् ।

रिट निवेदनमाथि पहिलो चरणको सुनुवाई गर्दै उच्च अदालत पाटनले शुक्रबार २० माघमा अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...