धनकुटा महोत्सवको सम्पूर्ण तयारी पूरा, शुक्रबार ११ बजे उद्घाटन हुने

Dkt mahotsab pura

धनकुटा । शुक्रबारदेखि धनकुटामा हुने प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम पाँचौ धनकुटा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ शुक्रबार तल्लो टुढिखेलमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।

माघ १६ गतेसम्म सञ्चालन महोत्सवमा १ सय ८० स्टल रहने छन् । स्टलहरु माग गर्नेको संख्या बढ्दै गएकाले केही स्टलहरु बढ्न सक्ने संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । ती स्टलहरुमध्ये १ सय ३७ कृषि प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ ।

यो पटकको महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछन् भने आगलागीको जोखिमलाई ध्यान दिँदै दमकल पनि महोत्सव स्थलमा राखिने छ । साथै एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्न विभिन्न युवा क्लव, सामाजिक संघसंस्था, व्यवसायी, सुरक्षाकर्मी र स्वयम्सेवकको परिचालन गरिएको प्रचार प्रसार संयोजक श्रीराम रायमाझीले बताए ।

महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रम हुने अध्यक्ष राईले वताए । यो पटक राष्ट्रिय कलाकारसँगै स्थानीय र ओझेलमा परेका धनकुटाका प्रतिभाहरुलाई स्थान दिइएको कलाकार व्यवस्थापन समितिका संयोजक रिदम श्रेष्ठले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...