एकीकृत समाजवादी भन्छ, कसैले प्रस्ताव नगरी सरकारमा कसरी जाने ?

Jagannath khatiwada

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्व्वासको मत लिँदैछ । त्यसका लागि प्रचण्ड नेतृत्वको सरकारले अधिक सांसदहरुको साथ खोजिरहेको छ । तर, यही बेला नेकपा (एकीकृत समाजवादी) लाई अहिलेसम्म सरकारमा सहभागी बन्न कसैले प्रस्ताव गरेका छैनन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म सरकारमा सहभागी बन्न र यो सरकारलाई समर्थन गर्न कुनै दल वा सरकारले प्रस्ताव नगरेको स्वीकारेका छन् । एकीकृत समाजवादी पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना कमजोर भएको छ ।

चार दिनदेखि सचिवालय, स्थायी समिति र पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले नै एकीकृत समाजवादीलाई सरकारमा आउन कसैले प्रस्ताव नै नगरेको बताएका थिए । १८ महिनासम्मका सहयात्री प्रचण्डले अघिल्लो आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै बालकोट गएर सम्झौता गरेपछि समाजवादी निराश छ ।

यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा नेताहरु पुगेका हुन् । प्रवक्ता खतिवडाले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताए । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको बताए ।

'बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भूमिका र सरकारलाई हेर्ने दृष्टिकोण र भावी योजनाबारे छलफल गरिरहेको छ', समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, 'संगठनका योजनाबारे पनि कुरा भएको छ । सरकारमा जानेबारेमा औपचारिक प्रस्ताव कसैले राखेको छैन । प्रस्ताव नै नआएपछि यस विषयमा छलफल गर्नुपर्दैन । तर सरकारलाई हेर्ने दृष्टिकोणमा भने छलफल भइरहेको छ । सरकारमा जानेबारे कुरा भएको छैन ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...