‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त, १६९ सांसदको समर्थनसहित शुरु भयो बालुवाटारको तेस्रो यात्रा

Prachanda 10

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जिते । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा-२ पुगेर त्यहाँबाट जितेर आए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा नौ महिनाप्रधानमन्त्री भए । २०७३ सालमा उनी पुन प्रधानमन्त्री बनेका थिए । पहिलो र अहिले तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको मूल सत्ता साझेदार एमाले बनेको छ । दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्तासाझेदार दल कांग्रेस थियो ।

कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने ।

२०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेस‌ँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बने ।

राष्ट्रपति कार्यालयको विज्ञिप्ति :

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...