७० जिल्लामा फैलियो डेंगु, बेड अभाव हुँदा कुर्सीमा राखेर उपचार हुँदै

Dengue hemorrhagic fever

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगु संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष डेंगु संक्रमितले भरिएको छ ।

आकस्मिक कक्षको सबै बेड भरिएपछि बिरामीलाई कुर्सीमा समेत राखेर उपचार गरिएको छ । एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेको छ । डेंगुका बिरामीले बेड भरिएपछि कुर्सीमा समेत राखेर उपचार गराउन थालिएको छ ।

टेकुमा मात्रै होइन, उपत्यकाको अधिंकाश अस्पतालमा डेंगु संक्रमितको चाप बढ्दो क्रममा छ । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको पर्किङस्थलमा टेन्ट लगाएर बिरामीको उपचार र परीक्षण भइरहेको छ ।

दैनिक सय जना भन्दा बढी डेंगुको आशंकामा परीक्षणका लागि आउने गरेको टेकु अस्पतालका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए । डेंगुको आशंकामा आएका ८० प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि भएको उनले बताए ।

डेंगुको लक्षण लिएर आएका बिरामीको चाप बढ्सँगै अस्पतालले सोमबारदेखि डेंगु क्लिनिक सञ्चालनमा ल्याएको छ । टेकु अस्पतालको आकस्मिक कक्षमा शुक्रबार ६८, शनिबार ८५, आइतबार ८० जना बिरामीको उपचार गरिएको थियो । त्यसैगरी, सोमबार २ बजेसम्म ५० जनाभन्दा बढी बिरामीले आकस्मिक कक्षमा उपचार गराएका छन् ।

डेंगु हाल ७० जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार गत वर्षको १५ पुसदेखि १२ भदौसम्म २ हजार ५३९ जना डेंगु संक्रमित भएका छन् । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढिरहेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताए ।

महाशाखाको तथ्यांक अनुसार हाल सबैभन्दा धेरै ललितपुरमा ८५८, रुपन्देहीमा ३६३, काठमाडैंमा ३३२ केस देखिएका छन् । त्यसैगरी, बढी केस देखिनेमा धादिङ, तेह्रथुम, सिन्धुली, भक्तपुर, संखुवासभा, अर्घाखाँची र गुल्मीमा ७० जना हाराहामारीमा संक्रमण पुष्टि भएको छ ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा डेंगु जटिल अवस्थामा जान सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेटको संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...