धनकुटाकी कानुन व्यवसायी भट्टराईलाई एमालेले बनायो प्रदेश सभा सदस्य

Hima basnet bhattarai

धनकुटा । नेकपा एमालेले धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित गरेको छ ।

सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी गुलेफुन खातुनले गत बुधबार राजीनामा दिएकी थिईन् । राजीनामा बिहीबार स्वीकृत भएसँगै भट्टाईलाई एमालेले प्रदेश सांसद बनाएको छ ।

अल्पसंख्यक कोटाबाट बन्द सूचीमा महिला अन्य कोही पनि नभएकाले खस(आर्य कोटाबाट उनी सांसद बनेकी हुन् । बस्नेत नेकपा एमालेको प्रदेश १ समिति सदस्य हुन् । धनकुटा एमालेको पूर्व उप(सचिवसमेत रहेकी उनी धनकुटा बारको पूर्व अध्यक्ष पनि हुन् ।

नेकपा एमालेको प्रदेश १ समिति सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले सोमबार पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । बस्नेतलाई मंगलबारको प्रदेश सभामा सपथ ग्रहण गराउने प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।
खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि राजीनामा दिएकी थिइन् । खातुनले सरकारी छाप किर्ते गरेको आरोप लागेको थियो। किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते एक वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्लाको फैसला विरुद्ध खातुन २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । २०७६ पुस ६ गते उच्चले उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उच्चको फैसला विरुद्ध खातुनले २०७६ फागुन ११ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। सर्वोच्चले सुनुवाईका लागि निस्सा दिएको थिएन । खातुनको राजीनामा स्वीकृत भएपछि एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै भट्टराईलाई प्रदेश सभा सदस्य बनाउन पत्र पठाएको थियो ।

प्रतिकृया दिनुहोस