लागूऔषध कारोबारीलाई समाउन चलायो प्रहरीले गोली, २ जना पक्राउ

Sarlahi goli

धरान । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको हो । निरौला इटहरी नगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का हुन् ।

रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले बताए ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको र अहिले् उपचारका लागि स्थानीय अस्पताल पठाएको एसएसपी थपलियाले बताए ।

उनीहरुसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको थपलियाको भनाई छ । प्रहरीले उनीहरुको साथबाट २१०‍.७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । ब्यूरोले पछिल्लो दुई सातामा तीन जनालाई नियन्त्रणमा लिन गोली प्रहार गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...