धनकुटामा कांग्रेसको चुनावी कमाण्डर एउटा, चर्चा कमाउने अर्कै

Sunil ramhari

धनकुटा । नेपालीमा एउटा उखान छ, ‘काम गर्ने कालु, मकै खाने ढेडु’ । जुन उखान नेपालीहरुको कामको परिपुरक पनि हो । यो उखान ठ्याक्कै लागू भएको छ धनकुटामा ।

२०७४ मा स्थानीय तहको निर्वाचनमा, सात वटै पालिकामा जित हात परेर धनकुटालाई क्लीन स्वीप गरेको नेकपा एमाले पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा खुम्चिएको छ ।

धनकुटामा पाँच दलीय गठबन्धन कायम रहेका कारण एमालेले आफ्नो विरासत गुमाउँदा नेपाली कांग्रेसले ४ वटा पालिका प्रमुख पाएको छ भने नेकपा एमालेले एउटा मात्र उपप्रमुख गुमाएको छ । यसअघि सात वटै पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

अहिले यसको जस लिन नेपाली कांग्रेसभित्र तछाडमछाड भइरहेको छ । आगन्तुक नेतादेखि रैथानेसम्मले जिल्लामा कांग्रेसले आफ्नो कारणले विजयी भएको ढ्वाङ पिट्न थालेका छन् ।

नेपाली कांग्रेसले जिल्लाको सात वटै पालिकामा चुनावी बमाण्डर तोकेको थियो । पालिकामा जिल्लाले जिल्ला स्तरका नेतालाई चुनावी कमाण्डर तोके पनि केन्द्रले भने रामहरी खतिवडालाई चुनावी कमाण्डर बनाएको थियो ।

तर, शुक्रबार सामाजिक सञ्जालमा एकाएक धनकुटाका चुनावी कमाण्डर सुनीलबहादुर थापा भनेर उल्लेख गरियो । तर, थापा न चुनावी कमाण्डर थिए, न धनकुटामा गठबन्धनलाई जिताउन त्यस्तो भुमिका नै खेलेका थिए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य थापाका केही वर्ष अघि मात्रै राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । अहिले सामाजिक सञ्जालहरुमा ‘वुवाको राजनीतिक विरासत जोगाउँदै धनकुटामा कांग्रेसलाई विजयी गराउन सफल कमाण्डर’ भनेर उल्लेख भएपछि आफैँ हासोको पात्र बनेका छन् ।

खासमा नेपाली कांग्रेसले धनकुटाको चुनावी कमाण्डर ओखलढुंगाका चर्चित नेता रामहरी खतिवडालाई बनाएको थियो । ‘उहाँ (सुनील दाई) जिल्लाको नेता भएकाले उहाँलाई कसै कसैले कमाण्डर भन्न पनि सक्छन्’ खतिवडाले निशान न्युजसँग भने, ‘जो कमाण्डर भए पनि धनकुटामा पहिलो पटक नेपाली कांग्रेसले ठूलो उपलब्धी हात पारेको छ । यसमा खुसी हुनुपर्छ ।’

धनकुटामा नेपाली कांग्रेसका सभापति दिनेश राई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ लगायतका नेताहरु गठबन्धन बनाउन लागेका थिए । तर, थापाद्धारा परिचालिन केही व्यक्तिहरुले कमाण्डर भनी जिल्लामा भ्म फिजाइरहेका छन् ।

नेपाली कांग्रेसले अब आउने संघीय निर्वाचनमा थापालाई एक मात्र उम्मेदवार भनेर प्रचार गरिरहेको छ । स्थानीय तहको निर्वाचनको परिणाम हेरेर थापा संघीय संसदको उम्मेदवार बन्ने सम्भावना पनि छ । तर, थापाले स्थानीय तहमा गठबन्धन गर्न कुनै भुमिका निर्वाह नगर्दा संघीय संसदको निर्वाचनमा थापालाई सहयोग गर्ने सम्भावना कम हुँदै गएको छ ।

थापाले स्थानीय तहको निर्वाचन पूर्व धनकुटामा एमालेविरुद्ध गठबन्धन गर्न कुनै चासो देखाएनन् । बरु मौन बसेर गठबनधनमा रहेका अन्य दललाई चिढ्याउने काम गरे । अहिले उनै थापा चुनावी कमाण्डर हुँ झै गरी विजयी जनप्रतिनिधिको भन्दा ठूलो माला र धेरै खादा लगाएर रमाइरहेका छन् ।

खुम्चियो एमाले
यही बैशाख ३० गते सम्पन्न भएको, स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आइसक्दा अघिल्लो पटक क्लीन स्वीप गरेको नेकपा एमाले ३ पालिका प्रमुख र ६ उपप्रमुखमा खुम्चिएको छ ।

यो पटक नेकपा माओवादी केन्द्रले एउटा पालिका उपप्रमुख पाएको छ । सत्ता साझेदार अर्काे दल नेकपा एकीकृत समाजवादीले सहिदभुमी गाउँपालिका प्रमुख पदमा झिनो अन्तरले पराजित हुँदा नेकपा एमालेले जित हात पारेको छ । नेकपा एकीकृत समाजवादीले धनकुटामा एक सदस्यसमेत जित हात पार्न सकेन । एमालेसँग विभाजन हुँदा एकीकृत समाजवादीको ३ जना वडा अध्यक्ष थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ४३ वटा वडा अध्यक्ष जितेको नेकपा एमाले योपटक ३१ मा खुम्चिएको छ । नेपाली कांग्रेसले अघिल्लो पटक ९ जना वडा अध्यक्ष जितेकोमा योपटक २५ जना पु¥याएको छ । ५ वटा वडा जितेको माओवादी यो पटक ३ वटा वडामा खुम्चिएको छ । जसपाले एउटा वडा जितेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...