आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा

Sarbajanik bida

काठमाडौं ।आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ । सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।

अस्पतालमा आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो। केही अस्पतालहरूले भने आइतबार पनि ओपिडी सेवा दिने भएका छन् । आइतबार पनि बिदा दिनेमा कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पताल रहेका छन् ।

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...