पाख्रिबासमा सत्ता गठबन्धनको शुरुवाती अग्रता, २ सय गन्दा मेयरलाई १२८ मत

Gyan gurung om niraula

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा पहिलो मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवारले शुरुवाती अग्ता कायम गरेका छन् ।

जसमा मेयरका उम्मेदवार ज्ञानबहादुर गुरुङले २ सय मत गन्दा १२८ मत ल्याउका छन् भने नेकपा एमालेका भीम राईले ६५ मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठबनधनका ओम प्रकाश निरौलाले ९९ सय मत ल्याएका छन् भने एमालेका नम्रता देउजाले ७५ मत ल्याएकी छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले १२८ र एमालेका दुर्गाबहादुर थापाले ६१ मत पाएका छन् ।

नगरमा १७ हजार ८७ कुल मतदाता मध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका थिए । १० वटै वडा गरि कुल मतदाताको ६६.१० प्रतिशत मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

Jatiya cuwacut diwas

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३...