धनकुटामा एमालेलाई शुरुवाती अग्रता दिनेश राई दोस्रो पटक आमने सामने

Dinesh chinchan dkt

धनकुटा । धनकुटा नगरपालिकामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुरुवाती अग्रता कायम गरेको छ । आज विहान ३ बजेदेखि शुरु भएको मत गणनामा एमालेका उम्मेदवारलाई शुरुवाती अग्रता मिलेको हो ।

धनकुटा नगरपालिका वडा नं. १ र २ मा ९ सय मत गन्दा नेकपा एमालेका चिन्तन तामाङले ४२६ मत पाएका छन् भने सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका दिनेश राईले ३१३ मत पाएका छन् ।

धनकुटा नगरपालिकामा राई र तामाङबीच देस्रोपटक प्रतिष्पर्धा हुँदैछ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तामाङले राईलाई १ सय १८ मतले पराजित गरेका थिए । सो बेला मेयरमा तामाङसँग पराजित भएका राई पुनः प्रतिष्पर्धामा छन् । यो पटक राईलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको साथ छ ।

त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवारले शुरुवाती अग्रता कायम गरेका छन् । सत्ता गठबन्धनका उपमेयर गणेश विष्टले ३१६ मत ल्याउँदा नेकपा एमालेका भीमादेवी खनाल ३३५ पाएकी छन् ।

वडाध्यक्षमा भने वडा नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अमित ल्हो १७४ मत ल्याएका छन् भने नेकपा एमालेका वङ्दा तामाङ १६६ मत पाएका छन् । वडा नं. २ मा एमाले चन्द्रलाल तामाङले १९० र सत्ता गठबन्धनका तर्फबाट तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजकुमार राई १४६ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस