स्वतन्त्र उम्मेदवार बालेनको अग्रता

Balen shah


काठमाडौँ  । काठमाडौंमा महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । वडा नम्बर १ र ३२ को जारी मतगणनाको प्रारम्भीक नजिता सार्वजनिक हुँदा लौरो चुनाव चिह्न भएका शाहले २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

 वडा नम्बर १ मा हालसम्म ५० र वडा नम्बर २५ मा २५ मत गणना भएको छ । वडा १ बालेन शाह र सिंहको ११(११ मत प्राप्त गरेका छन् । सो स्थानमा स्थापितले ९ मत प्राप्त गरेका थिए । वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...