स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना ,१४ जनाको मृत्यु

Syanja bus accident

स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेका थिए ।
प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।

प्रहरीका अनुसार मृतकहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

पोखरा पठाइएका घाइतेहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...