भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने, सुनसरीमा भोली विहान ५ बजेसम्म निषेधाज्ञा

Sawari sadhan

काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

मतदानका दिन देशभर सवारी साधन चल्ने छैनन् । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । निर्वाचनमा सवारी पास लिएका सवारी साधनहरु भने चलन पाउने छन् ।

एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन् । बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो । सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी भन्छन्, ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’ बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ ।

काठमाडौं उपत्यका बाहिर भने आज साँझदेखि नै प्रशासनले सवारी साधन सञ्चालनमा कडाई गरेको छ । सुनसरीमा भने निषेधाज्ञा नै जारी भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...