निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द हुने

School

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई ३ दिनसम्म बन्द गर्न अनुरोध गरेको केन्द्रका निर्देशक वसन्त प्रसाद कोइरालाले जानकारी दिए ।

यस अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धि व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...