चुनावको दिन पानी पर्ने, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

Mausam 13

काठमाडौं । अहिले मनसुनको पूर्वअवस्था (प्रिमनसुन) छ । प्रिमनसुन अवधिमा दिउँसो घाम लाग्ने र साँझपख मेघ गर्जन र चट्याङसहित पानी पर्ने हुन्छ । अहिले मेघ गर्जन र चट्याङसहित पानी पर्नुलाई सामान्य रुपमा लिनुपर्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा स्थानीय तहको निर्वाचन हुने दिन वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको 'असानी' चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भएकाले महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणाालीको प्रभाव छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको 'असानी'  चक्रवात उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म उक्त चक्रवात कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने विभागले जनाएको छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने र त्यसदिन हल्कादेखि मध्यम वर्षा हुने सक्ने विभागले जनाएको हो ।

असानी चक्रवात भारतको उत्तरपश्चिम तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म यो कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिन्छ ।

मौसमविद विष्णु न्यौपानेका अनुसार मौसमविद भट्टराईका अनुसार असानी चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा पर्दैन । तर त्यसको आंशिक असर भने देखिन्छ । जलवाष्पयुक्त हावा नेपालसम्मै आउने छ । खासगरी पूर्वी नेपालबाट जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले अन्यको तुलनामा पूर्वी नेपालमा अलि बढी पानी पर्ने पूर्वानुमान छ ।

विभागका अनुसार शुक्रबार प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए । यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै मौसम पूर्वानुमान महाशाखाले सो प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने पनि जनाएको छ ।

वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान

२०७९ वैशाख २८ गते (बुधबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २९ गते (बिहीबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू–भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबार) : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) : देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...