देशभर आंशिकदेखि सामान्य बदली रहने, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

Mausam

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

Jatiya cuwacut diwas

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३...