इटहरीका मेयर चौधरीले भने, गठबन्धनको प्रतिकार गर्दा घाइते भए जहाज चार्टर्ड गरेर उपचार गर्छु

Dwarikalal chaudhary

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले फेरि विवादास्पद अभिव्यत्तिः दिएका छन् । पटकपटक विवादित बन्दै आएको चौधरीले सत्ता गठबन्धनका कोहीसँग झडप भए सबै खर्च आफुले उपचार गर्ने भनी अर्काे विवादास्पद अअभिव्यक्ति दिएका छन् ।

इटहरीमा भएको नेकपा एमालेको चुनावी सभामा निक्कै उत्तेजक रुपमा प्रस्तुत भएका चौधरीले अन्य दलका व्यक्तिहरुसँग झडप भए कुनै पनि हालतमा पछि नहट्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

‘जाइ नलाग्नु, आइ लागे भने भागेर नहिँड्नु । जेठ ५ गतेसम्म इटहरीको मेयर मै हुँ, कसैले आइलागेमा प्रतिकार गर्दा घाइते भए आफ्ना नेता तथा कार्यकर्तालाई संसारको जुनसुकै अस्पतालमा लगेर उपचार गर्छु’ चौधरीले भने घाइते भइएला भनेर नभाग्नू, तपाईँहरुका लागि जहाज चार्टर्ड गरेर उपचार गराउने जिम्मा मेरो हो ।’

उनले गठबन्धन दलहरुले एमाले नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने सूचना पाएको भन्दै आक्रमण गरे चुप लागेर नबस्न समेत एमाले नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

चौधरीले उपमेयरमा उठेका एकीकृत समाजवादी नेता केशवकुमार विष्टलाई वैशाख ३० पछि जेल हाल्ने चेतावनी पनि दिएका छन् । उनले राखेपको सदस्य सचिव हुँदा भ्रष्टचार गरेको भन्दै यसको प्रमाण आफूसँग भएको दावी चौधरीले गरेका छन् ।

चौधरीले उपमेयर भएर इटहरीको सरकार चलाउन नभई जेल जान तयार रहन विष्टलाई चेतावनी दिए । निक्कै उत्तेजक रुपमा प्रस्तुत भएका चौधरीले पदीय पर्यादाको समेत ख्याल गरेनन् । उनले एकोहोरो रुपमा गठबन्नको विरोध मात्रै गरेनन्, सिधासिधी गठबन्धनविरुद्ध जाई लाग्न निर्देशन पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...