आज मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना

Mausam 1

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखिसामान्य बदली रहनेछ । प्रदेश–१, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी र बाँकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती भने प्रदेश–१ लगाएत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ ।

साथै प्रदेश–१, मधेश प्रदेश , बागमती प्रदेश केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...