बम भएको हल्ला भए पनि केही भेटिएन, विमानस्थल सुचारू

Aair

काठमाडौँ । बम राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने तयारी भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र केहीबेरमा उडान सुचारू गरिने बताए।

बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए । त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...