झक्कुप्रसाद सुवेदीका बाबु छोरा नै चनुावी मैदानमा आमसे-सामने

Jhakku subedi chora

रोल्पा । पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् ।

स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न. ६ गजुलका स्थायी वासिन्दा हुन् । 

यतिबेला गजुलका मतदाता भने अन्यौलमा छन् । बुवाले एकातिर भोट माग्दै छन् भने छोराले आफ्नो लागि माग्दैछन् । एकै घरका बुवा र छोरा फरक धारमा हिँडेपछि स्थानीयसँगै आफन्तलाई पनि असजिलो भएको हो ।

बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो ।
माओवादी नेता झक्कुप्रसाद सुवेदीले छोरा फरक तरिकाले उम्मेदवार बने पनि आफूलाई कुनै असजिलो नभएको बताउँछन् भने वडा अध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफू बारे धारणा राम्रो रहेको बताउँदै बिपक्षले भ्रम छर्न खोजेको आरोप लगाउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...