उम्मेदवारलाई आयोगको निर्देशन : २५ हजारभन्दा माथिको आर्थिक कारोबार बैंकमार्फत गर्नु

Nirwachan aayog bilding

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी सवै उम्मेदवारलाई २५ हजारभन्दा माथिको आर्थिक कारोवार गर्दा बैंकमार्फत मात्र गर्न निर्देशन दिएको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था छ । जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।

आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्न र तोकिएका व्यक्तिको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउन गरिएको आचारसंहिताको व्यवस्था कार्यान्वयन गर्न सवै उम्मेदवारहरूलाई स्मरण गराएको छ ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।

२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...