बुद्ध एयर जहाजको टायर पड्कियो, गौतमबुद्ध विमानस्थलको उडान अवतरण रोकियो

Buddha air

काठमाडौँ । बुद्ध एयरको जहाजको टायर पड्किएपछि बिहान ११ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण रोकिएको छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौंको लागि उडान गर्न रनवेमा रनिङ गरेको उडान नं ८५६ को जहाजको टायर पड्किएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी सहायक निरीक्षक होम बहादुर मिदुन मगरले जानकारी दिए।

अहिले उक्त जहाज रनवेमै रोकिएको छ भने अरू जहाजको उडान र अवतरण अवरूद्ध भएको मगरले बताए। रनवेमा रनिङकै क्रममा जहाजको अगाडिको टायर पड्किए पनि जहाज र यात्रुहरूमा कुनै क्षति भने नभएको उनले बताए। जहाजमा दुई जना बालबालिकासहित ७० जना यात्रु थिए।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...