काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए लौरो चुनाव चिन्ह

Balen lauro


काठमाडौं । काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले लौरो चिन्ह पाएका छन्। निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ। चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले लौरो चुनाव चिन्ह पाएका हुन्।

उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...