उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने

Trafic checking 2

काठमाडौँ । उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो। बिहीबार कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गरे।

सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक पुग्न वा नगद बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए। ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, हुने उनको भनाइ छ।कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले यो व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...