कार्यकर्ताबाटै कांग्रेस पार्टी कार्यालय तोडफोड, प्रहरी नियन्त्रणमा २३ जना

Congress ofice todfod

पोखरा । नेपाली कांग्रेस गण्डकीको पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित पार्टी कार्यालयमा तोडफोड भएको छ । गठबन्धनबाट असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै कार्यालय तोडफोड गरेका हुन् ।

पोखरा महानगरका केही वडामा वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पार्टीले दबाब दिएपछि स्थानीय कार्यकर्ताहरू आक्रोशित भएका हुन् ।

कांग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो । तर अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ । कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

तोडफोड गरेको आरोपमा २३ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘तोडफोड भइरहेको छ भन्ने सूचना पाएर हामी घटनास्थल पुग्यौं’‚ उनले भने, ‘२३ जनालाई नियन्त्रणमा लियौं । थप अनुसन्धान जारी छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...