कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

Karnali


सुर्खेत। कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन्। कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन्। 

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् । रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन्।  ढकाल यसअघि वीरेन्द्रनगरकी उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन्।् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...