वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

Baidesik jane yuba

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ ।

यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।

चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या चैतमा ५२ हजार पुगेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...