आज यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने

Mausam 13

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ ।

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...