पल शाह प्रकरणमा अर्काे ट्वीस्ट :निवेदनले नै अदालतमा होस्टाइल बयान दिएपछि ...

Pal shaha

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान दिएका हुन् ।

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् ।

तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए । उनीहरुले मिति र समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।

गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते अभिनेतासमेत रहेका अभियुक्त पल शाहले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...