कांग्रेसले समय मागेपछि दिउँसो २ बजेसम्म गठबन्धनको बैठक सर्‍यो

Gathbandhan meeting

काठमाडौं । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सरेको छ ।

गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।

यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् । देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौं आइ पुग्दै छ । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...