बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु

Bisket jatra

भक्तपुर । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ ।

पांग्राले चेपेर गम्भीर घाइते भएका सूर्यविनायक नगरपालिका -५ का ७१ वर्षका दुर्गामान कस्पालको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै पौने पाँच बजे भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...