सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ पुन: बस्ने

Gathbandhan meeting

काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो । गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

‘हामीले बिहानभरी चुनावी तालमेलका विषयमा छलफल गरियो । अहिले लन्च ब्रेक भएको छ’ पुनले भने, ‘अब आ–आफ्नो दलमा छलफल गर्छौ । त्यसपछि पुनः संयुक्त बैठक बसेर चुनावी तालमेल टुंगो लगाउँछौ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...