पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

Bus accident palpa

पाल्पा । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ ।

जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ ।

जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् । सो बस सडकदेखि करिब चार सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...