बढ्दै पर्वतारोही, ८४ समूहका ६८९ जनाले लिए हिमाल आरोहणको अनुमति

Sagarmatha aarohan

काठमाडौं । वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो वर्षको वसन्त याममा विश्वका विभिन्न मुलुलका ८४ समूहका ६८९ जनाले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

आरहेण अनुमति लिनेमध्ये सबैभन्दा धेरै सगरमाथाका चढ्ने रहेका छन् । यस वर्ष (सन् २०२२) को वसन्त याममा सगरमाथा आरोहणका लागि ३१ समूहका २५० जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीले अनुमति दिएका छन् । सोबाट रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ ।सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोहीले अनुमति लिएको विभागको भनाइ छ ।

यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन्। अहिलेसम्म सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै ३१ समूहका २५० आरोहीले अनुमति लिएका छन् ।

यस्तै, माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन् भने अमादब्लम (६८१४ मिटर) आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन्। कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि ५ समूहका ६१ आरोहीले अनुमति लिएका छन् । नुस्से (७८५५ मिटर) मा ५ समूहका ३८ आरोही छन् ।

त्यसैगरी अन्नपूर्ण (८०९१ मिटर) आरोहणा लागि ४ समूहका २६, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...