आजको मौसम : पहाडी भागमा चट्याङ तथा वर्षाको सम्भावना

Mausam 13

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) दिउँसाे देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशको पहाडी भू–भागका एक वा दुई स्थानमा गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ ।

यसैगरी राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...