पछि हट्यो निर्वाचन आयोग, एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य हुनुपर्ने प्रावधान संशोधन

Election commission

काठमाडौं । स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नु नपर्ने भएको छ । दलहरुले यो प्रावधानमाथि आपत्ति जनाएपछि आयोगले सच्याउँदै प्राथमिकता मात्रै दिए पुग्ने व्यवस्था गरेको हो ।

निर्वाचन आयोगले यसअघि राजनीतिक दलहरुलाई निर्देशन दिँदै प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने बताएको थियो ।

आयोगले मंगलबार एक सूचना जारी गरी प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिएमा महिलालाई प्राथमिकता दिन भनेको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले मिति २०७८ चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६मा 'स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...